पाल्पामा निषेधाज्ञा हटाइयो, बन्द र सुचारु सेवाहरु (सूचीसहित)

0
Shares

कविराज नेपाल, पाल्पा । 

कोरोना भाईरसका कारण पाल्पा जिल्लामा भदौ ५ गते देखिजारी निषेधाज्ञा सुक्रवार राती देखि हटाइएको छ । संक्रमण बढ्दै गएता पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई समेत दृष्टिगत गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, पाल्पा को सुक्रवार वसेको वैठक अनुसार केही सेवालाई संचालन गर्ने र केही संचालन गर्न नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले वताउनु भयो ।

वैठकले गरेको निर्णय अनुर नुसार जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्ड अपनाई अर्को सूचना नभएसम्मको लागि निम्न कार्यहरु गर्न पाइने र नपाइने भनि तोकिएको छ ।

संचालन हुने सेवा कार्यहरु :

सरकारी, सार्वजनिक, बैंक तथा वित्तीय संस्था, बीमा लगायत सबै प्रकारका कार्यालयहरु,स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत),सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय (उत्पादन देखि विक्री वितरण सम्मका सबै श्रृङखला), विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, फोहोरमैला व्यवस्थापन लगायत सबै प्रकारका ढुवानी सेवा संचालन गर्न पाइने छ ।

त्यस्तै सबै प्रकारका विकास आयोजना र निर्माण कार्य,. उद्योग, व्यापार, व्यवसाय, फसल, डिपार्टमेन्ट स्टोर, रेष्टुरेण्टबाट हुने प्याकिङ र टेक अवे सेवा, जिल्ला भित्रमात्र आवगमन गर्ने निजी सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन हुने भएका छन् ।

संचालन नहुने सेवा र कार्यहरु :

त्यस्तै संचालन नहुने सेवारकार्यहरु भनेर शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन, तालिम केन्द्रहरु)सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलनसिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल तथा स्पा, सैलुन तथा ब्युटी पार्लर,समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र सार्वजनिक स्थानमा हुने पर्व, जात्रा, जमघट, यात्रुबाहक सार्वजनिक वा भाडाका सवारी साधन (पर्यटक सवारी साधन समेत) संचालन गर्न रोक लगाइएको छ ।

यता सबै सवारी साधनलाई बेलुकी ७ः०० बजे देखि बिहान ५ः०० बजेसम्म चलाउन रोक लगाइएको छ भने स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु बेलुका ५ः०० बजेदेखी बिहान ७ः०० बजेसम्म बन्द रहनेछन् । साथै सरकारी, सार्जजनिक र बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरुले संक्रमणको जोखिम तथा भिडभाड नहुने सुनिश्चतता गरी आवश्यकतानुसार कुपन प्रणाली, निश्चित क्षेत्रलाई पालो अनुसार सेवा उपलब्ध गराउने व्यवस्था वा सिफ्टको प्रबन्ध मिलाई सो को लिखित जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनु पर्नेछ भनि तोकिएको छ ।.

त्यसैगरी अन्तरजिल्ला आवागमनमा रोक लगाइएकोले जिल्लाको सीमा नाका कडाइकासाथ नियन्त्रण गरिनेछ । दमकल, एम्बुलेन्स लगायत सञ्चालन हुने भनी माथि उल्लेख भएका अत्यावश्यक सेवाका साधनहरुमा चालक, सहचालक तथा एम्बुलेन्समा बिरामी र एकजना कुरुवा रहने गरी सहजिकरण गरिनेछ । उद्योग र निर्माण कार्यमा संलग्न कामदार कार्यस्थल भित्रमात्र रहने गरी र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्नेछ । जिल्ला बाहिरबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नु पर्नेछ भनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेद्धारा जारी सूचनामा उल्लेख छ ।