अवैध उत्खननका १४ टिप्पर सशस्त्र प्रहरीको नियन्त्रणमा

0
Shares

सञ्जय कार्की, रौतहट ।

वातावरणीय प्रभाव मूल्यांकन नहुदै ब्यबसायीले नदिजन्य पदार्थको दोहन गर्न शुरु गरेका छन ।

यस्तै दोहन गर्दै गरेको अबस्थामा शुक्रबार ससस्त्र प्रहरीले १४ वटा टिफर गाडी नियन्त्रणमा लिएर कारबाहीको लागि जिल्ला समन्वय समिति गौरमा बुझाईदिएको छ । स्टक गरिएको ग्य्राबेल भन्दै चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती नदिको गिट्टीजन्य पदार्थ उत्खनन गरेर ओसार पसार हुन थालेपछि ससस्त्र प्रहरीले निगरानी बढाएको छ । निरन्तर एक साता देखि बाग्मती नदिमा गिट्टीजन्य पदार्थ उत्खनन शुरु भएको स्थानीयले बताएका छन ।

चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती नदिमा रातीको समयमा अबैध रुपमा दर्जनौ टिफर मार्फत ग्रयाबेल उत्खनन गरेर निकासी हुदै आएपछि ससस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । ‘वातावरणीय प्रभाव मूल्यांकन नगरी भइरहेको नदीजन्य वस्तुको उत्खनन् संकलन र निकासी रोक्न सम्बन्धित नगरपालिका र जिल्ला समन्वय समिति क्रियाशिल हुनु पर्नेमा त्यसो गरेको पाईदैन ।

असाण, श्राबण र भाद्र तीन महिनाको अबधिमा नदिभित्र ढुवानीका सबारी साधन लगेर उत्खनन, ओसार पसार गर्न नपाईने नीयम बिपरित ब्यबसायीहरुले यसै समयअबधिमा नदि दोहन गर्न लागिपरेका हुन । यो तीन महिनाको अबधिमा नदीजन्य वस्तु ढुंगा, गिटी र बालुवा तथा खानीजन्य वस्तुको उत्खनन, संकलन र चोरी निकासी रोक्न प्रभावकारी रूपमा स्थानीय तहले अनुगमन तथा नियमन गर्नु पर्ने हो त्यसो नगर्दा चोरी तस्करीले प्रश्रय पाईरहेको छ जसले गर्दा नगरपालिकाको राजश्व समेत गुम्दै गएको छ ।

स्थानीय सरकारको आन्तरिक आयस्रोतको राम्रो माध्यम रहेको नदिजन्य पदार्थको बिक्री लाई यो तीन महिनाको अबधिमा चोरी निकासी रोक्न स्थानीय सरकार असफल भएको छ । अवैध रुपमा नदी जन्य पदार्थको उत्खनन हुनुमा स्थानीय सरकार नै दोषी भएको आरोप स्थानीयले लगाएका छन । उनीहरुले भने स्थानीय तह र जिल्ला समन्वय समितिका पदाधिकारी लाई मिलाएर नदि बाट दैनिक ग्य्राबेल उत्खनन गरेर निकासी गर्दै आएका छन ।

नदी जन्य पदार्थको उत्खननमा रोक लगाएपनि अझै नरोकिएको भन्दै स्थानीयको गुनासो रहेको थियो । जथाभावी गरिएको उत्खननले नदीकटान, खेतीयोग्य जमिन माथिको जोखिम र क्षयीकरणको समस्याले बर्षेनी स्थानीय बासिन्दा पीडितहुदै आएका छन तर मुनाफा आर्जन गर्ने नाममा केही ब्यबसायीहरु राज्यको नीति बिपरित नदि दोहन गर्न लागिपरेको देखिन्छ । चन्द्रपुर नगरपालिकाले तीन महिनाको यो अबधिमा गिट्टीजन्य पदार्थको उत्खनन गर्ने सबारी धनी लाई कारबाहीस्वरुप जरिवाना समेत तोकेको छ तर त्यस बिपरित नदिजन्य पदार्थ उत्खनन भैरहेको छ ।

ससस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका ससस्त्र प्रहरी नायब उपरिक्षक बिकास भुजेलले बाग्म्ती नदिमा अबैधरुपमा प्रबेश गरी नदिजन्य पदार्थ उत्खनन गर्दै गरेको टिफर नियन्त्रणमा लिएर कारबाहीको लागि जिल्ला समन्वय समिति गौरमा बुझाईदिएको बताउनु भयो ।