६५ वर्षीय वृद्धको घाँटी काटेर हत्या


न्युज अफ नेपाल, धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति एकजना पुरुषको हत्या भएको छ । स्थानिय युवकसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

हत्या हुनेमा नीलकण्ठ नगरपालिकावडा नम्बर १३ खल्चेतका ६५ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् । घटना पछि हत्यामा संलग्न २६ वर्षिय राजु परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियार सहित जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गर्न आएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताउनुभएको छ ।

हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्धा चलाइने प्रहरीले जनाएको छ । शबको धादिङ अस्पताल धादिङमा पोष्टमार्टमका लागि राखिएको छ ।