कोरोना संक्रमणबाट रुपन्देहीमा एक महिलासहित ३ को मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार एक महिला सहित ३ जनाको मृत्यु भएको छ ।

बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचारत महिला, बुटवलको कोरोना अस्पतालमा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचारत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान पौने ९ बजे मृत्यु भएको हो ।

यही भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उहाँमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि उहाँलाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ । त्सैगरि लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको छ ।

भदौ ४ गते अस्पताल भर्ना भएका उहाँको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा शुक्रबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमलेबताउनु भयो । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिनु भयो । यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उहाँ मिर्गौलाका बिरामी पनि रहेको र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उहाँको घरमै मृत्यु भएको हो ।

योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ