पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, पाल्पा।

सुक्रवार पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लमा कोरोना सक्रमितका संख्या ५ सय ८८ पुगेको छ ।
जिल्ला सदरमुकाम तानसेन र रिव्दीकोटमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिकाका ४ र रिब्दीकोट गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको हो । तानसेन नगरपालिका वडा नं १० का २ जना, तानसेन नगरपालिका वडा नं ११ का एक जना र १४ नं वडाका एक जनामा कोरोना सङक्रमण देखिएको हो ।

तानसेनका ३ जना भारत र एकजना मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्ति भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनु । । रिब्दीकोटका कोरोना पुष्टी भएका व्यक्ति बुटवल प्रादेशिक अस्पतालमा उपचाररत व्यक्ति हुन् ।

पाल्पामा समुदाय स्तरका ६ जनामा कोरोना संक्रमण छ जसमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन्, २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने २५ जना सक्रिय संक्रमित छन ।