न्युज अफ नेपाल, काठमाडौँ ।
भारतबाट नेपाल प्रवेश गरेका सलह नेपालको हिमाली भेग पार गर्दै तिब्बत पुगेको छ ।
प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँका अनुसार गत साउन पहिलो सातातिर चिनियाँ अधिकारीहरूले नेपालको बाटो हुँदै सलह तिब्बतमा पुगेको जानकारी गराएका थिए ।
उनले भने, ‘मलाई चीनका कृषि अधिकारीहरूले फोन गरेर पनि जानकारी दिनु भएको थियो। पछि जूम मीटिङ पनि गर्यौँ र त्यसबारे छलफल गरेका थियौँ।’
‘नेपालमा हिमाली जिल्लाहरूमा हुम्ला र मुस्ताङमा सलह पुगेको विवरण आएको थियो। ती क्षेत्रबाटै तिब्बतमा सलह प्रवेश गरेको अनुमान गरिएको छ।’
उनका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल-चीन सीमा क्षेत्रबाट करिब १० किलोमिटर क्षेत्रभित्र पाँच स्थानमा सलह प्रवेश गरेको जानकारी दिएका थिए।
‘तर ती सलह निकै कमजोर अवस्थामा त्यहाँ पुगेकाले खासै क्षति गर्न नसकेको उनीहरूले बताएका थिए,’ हुमागाईँले भने।
९बीबीसीबाट०











प्रतिक्रिया