भिडियोमा पुष्प र एलिजा


गायक नरेश रेग्मीले म सास बन्न पाए बोलको गीत सार्वजनिक गरेका छन्। यसको म्युजिक भिडियोमा मोडल तथा नायक पुष्प खड्का र एलिजा गौतम फिचर्ड छन्। जहाँ उनीहरुको केमेस्ट्री गज्जबको देखिएको छ।
यी दुईको जोडी पहिलोपटक भिडियोमा देखिएको हो।

गीतको म्युजिकलाई लिएर गाएक रेग्मी बिस्वस्त देखिन्छन्। ‘हाम्रो प्रयासलाई दर्शक स्रोताले रुचाउनुहुनेछ भन्ने आशा राखेको छु।’ –उनले भने।

रोमान्टिक शैलीको गीतमा शब्द र संगीत वसन्त सापकोटाको छ। शिव विकले निर्देशन गरेको यसको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ। गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो।