जाने बेला शिल्पा


गायक–गायिका भीम श्रेष्ठ र मेलिना राईको युगल स्वरमा म्युजिक भिडियोसहित एक गीत सार्वजनिक गरिएको छ।
भीम र मेलिनाको स्वरमा जाने बेला बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सेन्टिमेन्टल भर्सनको गीतमा शब्द रचना राम अविरल विस्टको रहेको छ भने राजन तिमिल्सिनाले संगीत भरेको गीतमा शैलेन्द्र एम प्रधान (बाबु) ले संगीत संयोजन गरेका छन्।

चोखो माया गरेर प्रेममा धोका पाएकाहरूको कथा बुनिएको म्युजिक भिडियोमा गायक स्वयं भीम श्रेष्ठका साथमा अभिनेत्री शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ। भिडियोमा रश्मी भट्ट र बेनिश भण्डारी सहायक भूमिकामा देखिएका छन्।

म्युजिक भिडियो फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। अक्सर छाता बोलको गीतबाट गायनमा डेब्यु गरेका गायक श्रेष्ठले यो गीतबाट दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरेका छन्।