पुँजीबजारमा अर्थमन्त्रीको छायाँ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पुँजीबजारप्रति नकारात्मक भनेर आलोचना खेप्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिँदै गर्दा त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार अर्थमन्त्री खतिवडाको कार्यकाल के होला भन्ने जिज्ञासा पुँजीबजारमा व्यापक रह्यो । जसको परिणाम स्वरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निक्कै उकाली ओराली ग¥यो । अन्ततः अर्थमन्त्रीको कार्यकाल नथपिने संकेत आएपछि बजार स्थिर बन्न पुगेको थियो ।

खतिवडाको छाप शुरूदेखि नै पुँजीबजार विरोधीका रूपमा पर्न गयो । खतिवडाको कार्यकालमा पुँजीबजारले खासै प्रगति गर्न सकेन । यद्यपि, पछिल्ला दिनमा खतिवडाले आफू पुँजीबजार विरोधी नभएको दाग हटाउन गरेको प्रयत्नलाई लगानीकर्ताले त्यति धेरै विश्वास गरेनन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका अर्थशास्त्री खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि अर्थतन्त्रका अन्य आयाममा जस्तै पुँजीबजारले पनि परिवर्तनको आशा गरेको थियो । तर, खतिवडाको छाप शुरूदेखि नै पुँजीबजार विरोधीका रूपमा पर्न गयो ।

खतिवडाको छाप शुरूदेखि नै पुँजीबजार विरोधीका रूपमा पर्न गयो । खतिवडाको कार्यकालमा पुँजीबजारले खासै प्रगति गर्न सकेन । यद्यपि, पछिल्ला दिनमा खतिवडाले आफू पुँजीबजार विरोधी नभएको दाग हटाउन गरेको प्रयत्नलाई लगानीकर्ताले त्यति धेरै विश्वास गरेनन् ।

खतिवडाको कार्यकालको काउटडाउन शुरू हुँदै गर्दा राजनीतिक वृत्तपछि सबैभन्दा बढी पुँजीबजारका लगानीकर्ता उत्साहित भएका छन् । यसैक्रममा सम्भवत खतिवडाको अर्थमन्त्री कार्यकालको अन्तिम शेयर कारोबार बिहीबार त्यसको संकेत देखिएको छ । उतारचडावपूर्ण रहेको नेप्से परिसूचक यस दिन स्थिर जस्तै रह्यो । अर्थात शून्य दशमलव १५ अंकले मात्रै परिसूचक घटेको छ । अहिले शेयर बजारको समग्र बजार पुँजीकरण १९ खर्ब ९८ अर्ब रुपियाँमाथि पुगेको छ । यो तुलनात्मकरूपमा वृद्धि हो ।

यस दिन कुल १८६ कम्पनीको ९३ लाख कित्ता शेयर २ अर्ब ६३ करोड ४८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको नेप्सेले जनाएको छ । साथै कारोबार भएका १२ समूहमध्ये पाँच समूहको परिसूचक घटेको छ । जसमध्ये बैंकिङ समूह २ दशमलव ९६, व्यापार समूह ९ दशमलव ७१, विकास बैंक समूह ४ दशमलव ७१, जलविद्युत् समूह २४ दशमलव ९८ र उत्पादन समूह ३५ दशमलव ९४ अंकले घटेको छ ।

त्यस्तै बढेका सात समूहमा होटल समूह ३१ दशमलव ७४, वित्त समूह शून्य दशमलव शून्य ७, निर्जीवन बीमा समूह ६७ दशमलव ३४, अन्य समूह ११ दशमलव ९७, लघुवित्त समूह ७ दशमलव ४६, जीवन बीमा समूह १५ दशमलव ३२ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ६ अंकले बढेको छ । यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ४१ करोड ५७ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

यस्तै शिखर इन्स्योरेन्स कम्पनीको १३ करोड चार लाख रुपियाँको शेयर कारोबार भएको छ । बिहीबार उन्नती सहकार्य लघुवित्त, अरुण काबेली पावर कम्पनी, एनआरएन इन्फ्रास्टकचर, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । तर, पाँचथर पावर कम्पनी, हिमालयन पावर पार्टनर, ङादी ग्रुप, एचआइडीसीएल र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले भने अन्य कम्पनीका लगानीकताले भन्दा बढी गुमाएका छन् ।