न्युज अफ नेपाल, काठमाडौं ।
स्थानिय प्रशासन र सरोकारवालाबीच भएको छलफले रातो मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा बुंगमती लैजाने सहमति गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई, गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।
ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिवार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् ।











प्रतिक्रिया