लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्वारा फूड बैंक मार्फत २ सय बढीलाई खाद्यान्न वितरण


यमलाल भुसाल, बुटवल।

लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत २ सय बढीलाई बुटवलमा खाद्यान्य वितरण गरिएको छ ।

कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई विहिबार बुटवलको नयाँ बसपार्क अगाडी खाद्यान्य वितरण गरिएको हो ।

कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्ले सञ्चालन गरिएको फूड बैंक मार्फत लगातार ३ दिनसम्म गरिव तथा असायहरुलाई खाद्यान्य वितरण गर्ने कार्यक्रम रहेको लायन्स क्लव अफबुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो ।

खाद्यान्यकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भनि संचालन गरिएको फूड बैंक मार्फत चामल, दाल, खाने तेल, चिउरा ,विस्कुट, जुस च्याउच्याउ, नुन लगायतका खाद्यान्य वितरण गरिएको लायन्स क्लव अफ बुटवल बुद्धभुमीका अध्यक्ष राजु लिगलले बताउनु भयो ।

लायन्स क्लव अफ ईन्टनेशनलका पूर्व गभर्नर सुनिल ओझाले लायन्स क्लवहरुको काम नै सेवा गर्नु हो भन्दै यस्तो विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी खाने वर्ग नराम्रोसंग चपेटामा परेकाले उनीहरुलाई केही भएपनि राहत मिलेको धारणा राख्नु भयो । उहाँले यस्ता मानविय सेवाका कार्यलाई अन्य संघसंस्थाहरुले पनि सिको गर्न जरुरी रहेको औल्याउनु भयो ।

फूड बैंक मार्फत शुक्रवार बुटवलको पवित्रनगरमा खाद्यान्य वितरण गर्ने कार्यक्रम रहेको क्लवका प्रकास खनालले बताउनु भयो ।