प्रहरी हिरासतमा मृत्यु प्रकरण : प्रहरी उपरिक्षक तानिए

0
Shares

सञ्जय कार्की, रौतहट ।

अबकासकोे संघारमा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबीराज खडका बिबादका बीच प्रहरी प्रधान कार्यालय तानिएका छन । हिरासतमा रहेका एक थुनुवाको यातना पछि मृत्यु प्रकरण लाई लिएर बिबादमा तानिएका प्रहरी उपरिक्षक खडका लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौले बिहीबार जिम्मेबारी खोसिदिएको छ । उनको स्थानमा अपराध अनुसन्धानका कार्यरत प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह लाई काजमा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार प्रकरणमा प्रहरी उपरिक्षक खड्काको कमाण्ड असफल देखिएकाले नेतृत्व परिवर्तन गरिएको हो । गत साउन ३१ गते घाटी रेटी हत्या गरिएका गरुडा नगरपालिका–८ स्थित जिगडिया निबासी २० बर्षिय निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएका बिजय महरा लाई यातना दिएर मारेको आरोप प्रहरी माथि रहेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएका गरुडा नगरपालिका–५ जिगडिया निबासी बिजय महरा लाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक नबिन सिह, प्रहरी हवल्दारद्धय फिरोजमिया धुनिया र मन्नुकुमार सिंहले चरम यातना दिएको खुलेको हो । उनको यातनाकै कारण गत भदौ १० गते नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारको क्रममा मृत्यु भएको थियो । महराको मृत्यु पछि रौतहट आठ दिन देखि आन्दोलित हुदै आएको छ । प्रहरी उपरिक्षक रबीराज खडकाले ती प्रहरी अधिकारी लाई बिश्वास पात्रको रुपमा क्राईम बेन्चको जिम्मेबारी दिएका थिए ।

रामको हत्या पछि अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केदारमान दोङलाई अनुसन्धान अधिकृत तोकिएपनि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रुहरी निरिक्षक नबिन सिह सहित जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक नबिन सिह सहितको प्रहरी टोलिले हस्तक्षेप गर्दा अनुसन्धान कार्य समेत प्रभाबित बनेको स्रोतले बतायो । थुनुवा कक्षमा रहेका महरा लाई जिल्ला प्रहरी कार्यालय गौरका अर्का प्रहरी हवल्दार अजय यादबले थुनुवा बुझेको भरपाईमा हस्ताक्षर गरेर ईलाका प्रहरी कार्यालय गरुडा बाहिर लैजाने गरेको समेत खुलेको छ ।

मृतक महराका बुवा पनिलाल महराले तत्कालिन प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, प्रहरी निरिक्षक नबिन सिह, प्रहरी नायब निरिक्षक बिरेन्द्र यादब, प्रहरी हवल्दारद्धय फिरोज मिया धुनिया, र मुन्ना सिह बिरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा दिएको यातना र ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता हुनु पर्ने बताउदै आउनु भएको छ । यातना पछि हत्या प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानिएको छ उनको स्थानमा प्रहरी उनायब उपरिक्षक नरेन्द्र कुँवरलाई खटाएको छ ।