कालो गाउँले परिचित गतलाङ सेतो गाउँमा परिणत हुँदै

0
Shares

सरस्वती न्यौपाने, रसुवा । 

साविकको गत्लाङ गा.वि.स हाल आमाछोदिङमो गाउँपालिकामा रहेको कालो गाउँ जिल्ला कै शानको रुपमा परिचित भएतापनि भुकम्प पछि सेतो रङगीचङगी भइरहदा त्यस तर्फ कसैले पहल गरेको देखिदैन ।

यस कालो गाउँले अन्तराष्ट्रिय स्तरमा समेत रसुवा भनेर परिचित गराएको थियो परिचय बोकेको जिल्ला भित्रको कालो गाउँ २०७२ सालको विनाशकारी भुकम्प कारण गाउँलाई ठुलो क्षति पुग्यो र कालो गाउँको स्वरुप फेरियो र ढलान घर बन्यो छाना रङगी चङगी बन्यो त्यस पछिका दिनहरुमा पर्यटन क्षेत्रबाट लिने फाइदा त टाढै कुरा पछिल्लो पुस्तालाई फोटो देखाउनु पर्ने हुन्छ्

यस कालो गाउँलाई पुरानो स्वरुपमा फर्काउन आमाछोदिङमो गाउँपालिका लगाएतका अन्य सरोकार वालाहरुको जरुरी देखिन्छ आफ्नो जिल्लाको पहिचान लाई जिवन्त राख्न पहल गर्न जरुरी छ । २०५७÷०५८ साल तिर टि आर पि ले कालो गाउँ गतलाङलाई थप पर्यटकीय नगरी बनाउन होमस्टे, लगाएत बाटो बनाउन, पर्यटनलाई कसरी लोभ्याउन सकिन्छ भनेर विभिन्न खालका कार्यक्रमहरु गरेको थियो ।

यस कालो गाउँ गत्लाङमा आलु सिमि साग मुसुर कोदा लगाएतका अर्गानिक तरकारी लागएत मार्सि धान समेत उत्पादन हुन्छ विशुद्ध हरियाली बातावरण र फोटो खिच्न साइड सिनहरु पनि भरपुर मात्रामा छ । विदेशी भुमिका जान नपर्ने विदेशी नै लाखौ डलर खर्च गरेर हेर्न आउने यस ठाउँ अबका दिन देख्न नपाईने जसरी सेतो गाउँ बनेको छ ।

यस ठाउँका दिदि बैनिहरु तामाङ पहिचान बोकेको टोपी स्यामा पङगप पटुका, लगाएत पुरुषहरुले लगाउने उनिको लुगा बुनेर पनि जिविकोपार्जन गर्दछन । विशुद्ध तामाङ समुदाय रहेको गतलाङमा आफ्नो कला सस्कृतिमा पनि उतिकै धनी रहेकोले आफ्नो पहिचान लाई जिवन्त राख्न कालो गाउँलाई फर्काएर पहिलेकै अवस्थामा राख्न जरुरी छ ।

प्रकृतिको काखमा रहेको गतलाङ गाउँ कालो गाउँले परिचित थियो । नै यो बाटो भएर सोमदाङ, गणेश हिमाल जस्ता खानी लगाउत धार्मिक स्थल पार्वतीकुण्ड रहेको छ । अबाका दिनमा कालो गाउँलाई जिवन्त राख्न सकिएन भने हाम्रो पहिचान र संस्कृति हराएर जान्छ । गतलाङको आफ्नै महिमा र महत्व बोकेको र कालो गाउँले परिचित गतलाङको आलु सिमी साग भनेपछि सबैको मन प्रतिफुलित हुन्छ । अवका दिनमा यो सबै हराउने अवस्थामा पुगिसक्यो ।

भुकम्प अगाडी सम्मत अति राम्रो थियो त्यसपछिका दिनहरुमा सबै मासिरहेको छ । जव स्थानिय सरकार बनिसकेपछि ध्यान पुर्वक कालो गाउँलाई जिवन्त राख्न पर्ने हो तर कसैले वास्ता गरेको देखिदैन । नेपालको मान र जिल्लाकै शानको रुपमा रहेको कालो गाउँले परिचित परेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ ले विश्व नै लकडाउन भएको अवस्था मा त झनै प्रभाव पारेको भए र स्वदेशी तथा विदेशीहरुको आवत जावत वन्द भयो तर लकडाउन हुनुभन्दा पहिले विदेशीहरु कालो गाउँ भनेर यहाँ को तामाङ संस्कृति हेर्न र प्रकृति सँग रमाउन लालाहीत हुन्थ्यो तर अव त्यो अवस्था भने रहेन पुरै कालो गाउँ रङगी विरङगी भएको छ । त्यस कालो गाउँ स्वदेशी तथा विदेशीको लागी रोजाईको गन्तव्यको रुपमा रहेको थियो । तामाङ कला संस्कृति परम्परागत शैलिको भेषभुषा बोलिचालीले त झन मन्त्रमुता नै थियो ।

अबका दिनहरुमा एका देशको क्या नै बनि सक्यो । त्यस ठाउँ राजधानीबाट एक दिनमा नै पग्न सकिन्छ । चारै तिर हरियाली वातावरण पहाड हिामालहरु प्रशस्त नै देखेर मन आनन्द लिन सकिन्छ ।