पाल्पामा समुदायस्तरमा फैलियो कोरोना, ६ जनामा संक्रमण

0
Shares

न्युज अफ नेपाल, पाल्पा।

पाल्पामा थप एक जना समुदायस्तरका व्यक्तिमा कोरोनाको पुष्टि भएको छ ।

बिहीवार गरिएको पिसीआर परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रम्भा गाउँपालिका ३, का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनु भयो ।केही दिनअघि कोरोना लागेका आफन्तको हेरचाहमा खटिएका पनि स्वाब संकलन गरि पठाइएकोमा कोरोना पुष्टि भएको हो ।

योसंगै पाल्पामा समुदाय स्तरका ६ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८३ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

जिल्ला प्रशासनले पाल्पामा कोरोना संक्रमण फैलिने गत भदौं ५ गतेदेखि निषेधाज्ञा लगाएको छ । पहिलो चरणमा १२ गते (शुक्रबार) रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म कायम गरिएको छ ।