हलिउड अभिनेता जोहन्सनको परिवारै कोरोना संक्रमित


वसिंगटन,(एजेन्सी) । 

अमेरिकाको हलिवुडका लोकप्रिय अभिनेता ड्वाने ‘ दि रक ’ जोहन्सनले आफु र आफ्नाा परिवार कोभिड १९ संक्रमित भएको घोषण गरेका छन् ।

यस वर्ष पनि विश्वकै सबैभन्दा महँगो कलाकार बन्न सफल तथा पुर्व कुस्तीवाज जोहन्सनले अनुशासित भएर स्वास्थ रक्षा सम्बन्धी सम्पूर्ण नियमहरु पालना गरेता पनि आफु , आफ्नी पत्नी र दुईजना छोरी कोरोना भाइरस संक्रमित हुनपुगेको पत्रकारहरुलाई बताएका छन् । करिव साढे दुइ साता अघि भाइरस संक्रमित भएक ४८ वर्षिय जोहन्सनले आफुलागायत ३५ वर्षीय पत्नी लरेन र ४ र २ वर्षका छोरी ज्यास्मनि र टियाना अहिले स्वस्थ रहेको तथा आफुहरुबाट अन्य कोहि पनि संक्रमित हुन नपरेको खुशी लागेको बताका छन् । तिनीहरुलाई पनि परिवारका निकट सदस्यबाटे संक्रमण भएको बताइएको छ ।

जोहन्सनले यसवर्षको जुन सम्ममा चलचित्रबाट ८ करोड ७५ लाख अमरिकी डलर कमाएका छन् । साथ ैउनले नेटफ्लिक्स थ्रिलर रेड नोटिसबाट अलग्गै २ कारेड ३५ लाख डलर कमाएका छन् ।