भाई भागे, बुहारीलाई छप्काए, ‘मेरो ममि मार्नेलाई फासी होस् ’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

भाई र बुहारी दुबैलाई बन्चरो प्रहार गरी हत्या गर्ने योजना बनाएका युवक प्रहरी नियन्त्रणमा परेका छन् । बन्चरो प्रहार गरी बुहारीको हत्या भए सँगै भाई भागेर ज्यान बचाएका थिए ।

विहान उज्यालो हुँदै थियो । ६.३० को समयमा भाई बुहारी घरबाट बाहिर निस्कदै थिए । बुहारी रञ्जना तिमल्सिना अधिकारी भाँडा माझेर फर्कँदै थिईन । घर भित्र प्रवेश गर्ने क्रममा जेठाजु ४२ वर्षिय जेठाजु सुदर्शन अधिकारीले हातमा लिएर आएको बञ्चरो एक्कासी प्रहार गरे ।

रोक्न खोज्दै गर्दा भाई अथार्त रञ्जनाका श्रीमान शंकर अधिकारीलाई समेत आक्रमणको प्रयास गरेसँगै उनि भागे । उनलैले गाउँलेहरुलाई खवर गरे । तत्काल स्थानीयहरुले प्रहरीको सहयोगमा जेठाजु सुर्दशन अधिकारीलाई नियन्त्रणमा लिए । घटनास्थलमा श्यामपाटी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय काभ्रेमा डिएस्पी कुमार विक्रम थापाको टोली पुगी अनुसन्धान गरी हत्या गर्ने सुदर्शनलाई नियन्त्रणमा लिएर फर्किएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो ।

प्रहरी प्रमुख एसपी पौडेलले घटनास्थल तथा लासजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी शब परिक्षणका लागि फोरेन्सिक मेडिसिन बिभाग काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाईएको जानकारी दिनु भयो । मृतक रन्जना तिमिल्सिना अधिकारीको दायाँ पट्टी घाँटीमा र टाँउकोको पछाडी बायाँ पट्टी धारिलो हतियारले काटिएको घाँउचोट रहेको छ । प्रारम्भिक अनुसन्धानबाट प्रतिवादी सुदर्शन अधिकारीले बुहारी रन्जना तिमिल्सिना अधिकारीलाई घरायसी बिबादको कारण बञ्चरो प्रहार गरि हत्या गरेको भन्ने खुल्न आएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।
छोराको आक्रोश

मृतक रञ्जनाको छोरा कुशल अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आमा हत्याका बारेमा आक्रोशपूर्ण स्टाटस लेखेका छन् । ११ वर्ष उमेरका कुशल अधिकारीले आमालाई मार्ने ब्यक्तिलाई आमालाई जस्तै गरी फासी दिएर मार्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेखिएको छ–‘मेरो ममिलाई जसले मारेको हो त्यसले फासी पाओस । मेरो बाबा र ठुलो बाबाले रक्सि खाएर ममिसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममिलाई पिट्न आउनु हुन्थ्यो । मैले बाबाले पिट्न आउँदा पिट्न दिन्नथें । म मामाघरमा हुँदा मेरो ममिलाई मारे । मलाई र ममिलाई रिस उठायौ भने काटेर हिड्छु भन्नु भाको थियो बाबा र ठुलोबाबाले ।’ उनि मामाघरमा छन् । मामा घरबाट उनले ममिको हत्याका बारेमा तत्काल कारवाहीका लागि माग गरेका छन् ।

श्रीमती लखेटेर विदेश भागे

धेरै समय बाहिरी मुलुक बस्दै आएका हत्यामा संलग्न भनिएका सुदर्शन अधिकारी १७/१८ दिन अघि मात्रै घर फर्किएका थिए । त्यस अघि उनि काठमाडौमा बस्दै आएका थिए । त्यस अघि उनि बैदेशिक रोजगारका क्रममा बाहिर थिए । बंगाली युवतीसँग विवाह गरी गाउँ ल्याएका उनले केहि वर्ष अघि कुटपिट गरी लखेटेका थिए । उनीबाट जन्मिएका एक सन्तान पनि छन् । अघिल्लो दिन विहिबार घरमा नयाँ खाट फेरिएको थियो । ससुरा अथार्त सुर्दशन अधिकारी विहानै रञ्जनाको घर अगाडी आएर बञ्चरोले प्रहार गरिहाले । बन्चरो प्रहार गरे लगत्तै उनि दलानमा ढलिन् । ऐया भन्न नपाउँदै उनको श्वास त्यहि गयो ।