सञ्चयकोषको भवन भत्काउने क्रममा दुर्घटना, स्काभेटर चालक गम्भीर घाइते

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सुन्धारास्थित सञ्चयकोषको भवन भत्काउने क्रममा दुर्घटना भएको छ ।

भवन भत्काउँदै गरेको स्काभेटरमाथि भवनको बिम खस्दा स्काभेटर चालक पुरिएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते भएका पर्साका २४ वर्षीय चालक विष्णुकुमार साहको उद्दार गरिएको छ ।

गम्भीर अवस्थामा रहेका चालकलाई त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।