विद्युत् प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार, प्रधानमन्त्री सकारात्मक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार गरेको छ ।

यस बारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको बताइएको छ । विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा घिसिङलाई नै निरन्तरता दिनेमा प्रधानमन्त्री सकारात्मक रहेको स्रोतले जनाएको छ । यससँगै पुन नियुक्तिपछि घिसिङले सरकारको प्रणाली पालना गर्नुपर्ने ओलीले शर्त राखेको जनाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार, घिसिङलाई नै निरन्तरता दिने गरी तयार भएको प्रस्ताव मन्त्रिपरिषदमा पठाउन भने बाँकी रहेको छ। घिसिङको कार्यावधि आगामी २९ भदौमा सकिंदैछ।