नेकपाको सचिवालय बैठक बस्दै, खतिवडा र गौतमबीच टुङ्गो लाग्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । यस्तै, बैठकमा राष्ट्रिय सभाको रिक्त पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय हुने जनाइएको छ ।

सो निर्णय बारे धने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडालाई लैजाने की वामदेव गौतमलाई भन्ने विषयमा सहमति हुन सकेको छैन ।