आजको रथ यात्राबारे ललितपुर महानगरका मेयर चिरिबाबु महर्जननै अनविज्ञ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीकाबीच सामाजिक दूरी बिनानै सुरु गरिएको रातो मछिन्द्रनाथको रथयात्राबारे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जननै अनविज्ञ रहेको बताए ।

उनका अनुसार रथयात्राबारे छलफल आज मात्र हुुने भएको थियो । आज सयौँको संख्यमा भेला भएका स्थानीयले निषेधाज्ञा उल्लंघन गर्दै रातो मछिन्द्र नाथको रथलाई पुलचोकबाट गाबहालतर्फ लगेका छन् । मेयर महर्जनका अनुसार भाद्र १० गते रथ बनाउने, रथ तान्ने संस्था, स्थानीय र जनप्रतिनिधिबीच बसेको बैठकले गुठी संस्थानले गरेको निर्णय स्विकार गर्ने निर्णय गरेको थियो । आजको रथयात्राका बारेमा भने आफु अनविज्ञ रहेको महर्जनले बताएका छन् ।