निषेधाज्ञा खुकुलो बनाइएको विषयमा उपत्यका नगरपालिका फोरमको आपत्ति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकामा लागू निषेधाज्ञा खुकुलो बनाइएको विषयमा उपत्यका नगरपालिका फोरमले आपत्ति जनाएको छ ।

उपत्यकामा बढ्दो संक्रमणको जोखिममा कडा निषेधाज्ञा जारी गर्नुपर्ने मेयर फोरमले जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै फोरमले प्रशासन कार्यालयले जारी गरेको खुकुलो निषेधाज्ञाको कडा विरोध गरेको छ ।

प्रशासनले जारी गरेको दिउँसो २ देखि बेलुका ५ बजेसम्म विकास निर्माणका पसल र व्यवसाय सञ्चालन गर्न पाउँने बुँदामा फोरमको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । बुधबार प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको संयुक्त बैंठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।