रातो मच्छिन्द्रनाथको रथ यात्रामा प्रहरी हस्तक्षेप, गुठीयार आक्रोशित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीकाबीच सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दे सुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले सयौँको संख्यामा भेला भएका स्थानीयलाई पानीको फोहोरा प्रहार गरी भगाउने प्रयास गरेको हो ।

रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेपछि भेला भएका स्थनीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको र परम्परामा ठेस पुर्‍याएको बताउँदै गुठीयारहरु आक्रोशित भएका छ्न । विश्वभर महामारीका रुपमा फैलिएको कोराना नियन्त्रणका लागि सरकारले उपत्यका लगाएत देशका जोखिम जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।

यस अघि विज्ञप्ति जारीगर्दै सरकारले संक्मणको जोखिम नघटेसम्मका लागि भेला, मेला लगाएत रथ यात्राहरु नगर्न आग्रह गरेको थियो । तर, परम्परा जोगाउने नाममा स्थानीयले भने भिडभाड र रथा यात्रा स्थगीत गर्न मानेको देखिदैन ।