बाग्लुङ हिडेको गृहमन्त्रीको टोली खराव मौसमले पोखरा फर्कियो

0
Shares

काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा गएको पहिरोमा परी ज्यान गुमाएका ब्यक्तिको बारेमा तथा त्यहांको बस्तुस्थिती बुझ्न गएको गृह मन्त्री रामबहादुर थापा सहितको टोली खराव मौसमका कारण घटनास्थल पुग्न नसकेपछि पोखरा फर्किएको छ ।
सो क्षेत्रमा गएराती गएको भीषण पहिरोमा परी हराइरहेका १० जनाको शव फेला परेको छ भने २० भन्दा बढी ब्यक्ति अझै हराइरहेका छन ।
खोजी तथा उद्धारको लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको छ ।
पोखरामा रहनु भएका गृह मन्त्री सहितको टोली मौसम खुल्नासाथ घटनास्थल जाने तयारीमा रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो ।