आर्थिक लेनदेनमा मानव तस्करमा संलग्न व्यक्तिलाई राजदूतले कन्सुलरमा सिफारिस गरे

940
Shares

 

दिपेन्द्र गजुरेल
स्पेन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोल्याण्डका पूर्व अध्यक्ष डा. बोधराज सुवेदी मानव तस्करमा संलग्न भएको पुष्टि भएको छ।
नेपाली राजदूतावास जर्मनीका राजदुतलाई आर्थिक प्रलोभनमा पारेर पोल्याण्डका लागि नेपाली कन्सुलर नियुक्तिका लागि सिफारिस फुत्काउन सफल भएका छन्।
गैरआवासीय नेपाली संघ पोल्याण्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै पोल्याण्डमा कार्यक्रमको लागि भन्दै नेपालबाट केही व्यक्ति पोल्याण्ड ल्याएर भगाएको आरोप लागेको छ।
अहिले तिनै डा. सुवेदी पोल्याण्डको लागि नेपाली कन्सुलर बन्ने दौडमा लागेको भन्दै पोल्याण्डका विभिन्न संघसंस्थाहरुले आपत्ति जनाएका छन्।
डा सुवेदीले एनआरएन पोल्याण्डको सन् २००९ को नयाँ वर्षमा कार्यक्रम गर्ने भन्दै रमेशकुमार मल्ल(काठमाडौं) र गीता पुन(म्याग्दी) लगायत सुबेदीले ८ जनालाई सिफारिस लेखेको र २ जनाको भिषा लागेको अरुको भिषा नलागेको श्रोतले बतायो श्रोतले भन्यो,एनआरएनए अध्यक्ष हुँदा मनलाग्दि गरेको र पदको चरम दुरुपयोग गरेर दूतावासमा निमन्त्रणा पत्र लेखेर गोप्य रुपमा बोलाउने गरेका थिए ।
डा सुवेदीले पोल्याण्ड ल्याएका ति दुवै जनाले त्यसै समय नेपाली १२ लाखका दरले रकम बुझाएको र आफुहरु हाल बेल्जियम बस्दै आएको न्युज अफ नेपाललाई बताएका छन् । सुवेदीले पोल्याण्ड हेर्ने जर्मनस्थित राजदुत आउँदा आफ्नो अनुमति विना भेटघाट बन्द गरिएको थियो ।
सुवेदीले विभिन्न समयमा अन्य धेरै मान्छेहरूलाई युरोप भित्र्याउने काम गर्दै आएको उनि निकट ब्यक्तिले बताएका छन। मानव ओसारपसार गर्नलाई नै हजारौं युरो खर्च गरेर कन्सुलर बन्न लागि परेको बताइएको छ ।
नेपालबाट कोही पनि मान्छे त्यसरी कार्यक्रम गर्न बोलाउने निर्णय कहिले भएको थिएन र छैन,एनआरएन पोल्याण्ड श्रोतले बतायो।
उनकै घरमा कार्यालय थियो सुवेदी जी ले त एनआरएनलाई प्राइभेट कम्पनी जस्तो बनाएका थिए, त्यसैले एनआरएनको कार्यालय पनि हामीले उनको घरबाट हटायौं । यहि अगस्त २९ मा एनआरएनए पोल्याण्डले आफ्नो कार्यालयको उदघाटन कार्यक्रम समेत भब्य रुपमा सम्पन्न गरेको थियो। एनआरएनए पोल्याण्डका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने अब सुवेदीको बारेमा हामी आवश्यक अनुसन्धान गर्छौं र प्रमाणित भए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने छौं।
यसै सन्दर्भमा डा सुवेदी संग सम्पर्क गर्दा उनले भने ु एनआरएनए पोल्याण्ड अध्यक्ष हुँदा मान्छे ल्याउन शिफारिस गरेको पछुतो मान्दै गल्ती भएको हो म बाट स्विकार गर्छु ,तर पैसा लिएको छैन , उनिहरू कता गए के गरे थाहा नभएको र मलाई फसाउन एनआरएनए कै साथीले लौन मेरो मान्छे ल्याउन सहयोग गर्न पर्यो भनेर आग्रह गरे पछि पत्रचार गरेको उनको भनाई थियोु।
डा सुबेदीले उच्च राजनीतिक तहका नेताहरूलाई समेत आर्थिक प्रलोभनमा पारेर परराष्ट्र मन्त्रालयलाई समेत आफ्नो अनुकुल बनाई परराष्ट्र मन्त्रालयले शिफारिस माग गरेको त्यहि माग अनुसार सिफारिश गरिएको बुझिन आएको छ ।
यस विषयमा नेपाली राजदूतावास जर्मनीका राजदुत रमेश प्रसाद खनाल संग बुझ्दा ुमन्त्रालयबाट नै डा. बोधराज सुवेदीको पोल्याण्डका लागि नेपाली कन्सुलर बनाउन शिफारिस माग भए बमोजिम काम भएको र त्यसमा कुनै पनि प्रकारको आर्थिक लेनदेनको कुरा झुटो हो त्यसमा सत्यता नभएको बताए।
राजदूत खनालले भनेु पोल्याण्डका विभिन्न मान्छेहरुलाई चिन्ने र कसको कस्तो पृष्ठभुमि छ त्यो सरोकारको विषय नभएको जसले आवेदन दिन्छन् उनिहरू सबैको मन्त्रालय पठाइदिने गरेको बताए ।
कम्युनिष्ट हुं भन्दै विवादास्पद छविका डा सुवेदी आर्थिक लेनदेनमा कन्सुलर हत्याउने दौडमा
पोल्याण्डमा कट्टर काङ्ग्रेसी भनेर चिनिने डा बोधराज सुवेदी अहिले नेपालमा कम्युनिष्टको सरकार भएकोले आफू पनि कम्युनिष्ट नै भएको दाबी गर्दै आफ्नो पक्षमा लबिङ् गरिरहेको बताइएको छ । नेकपाको प्रवासस्थित भातृसंगठन प्रवासी नेपाली एकता मंञ्चका अध्यक्ष टंक कटुवालले भने, पोल्याण्डमा डा. सुवेदी हाम्रो पार्टीका सदस्य र समर्थक होइन उहाँ त नेकपा समर्थकलाई एनआरएन पोल्याण्ड लगायतका विभिन्न संघ संस्थामा कुनै पनि हालतमा छिर्न पनि दिनु हुन्न भन्ने उहाँको मार्गदर्शक सिद्धान्त नै हो र यो आरोप मात्र होइन एनआरएनए पोल्याण्डको अहिले सम्मको संरचनालाई हेर्दा त्यो प्रमाणित हुने ठोकुवा समेत रहेका छन।
नेपाली कांग्रेसको प्रवासको संगठन जनसम्पर्क समिति पोल्याण्डलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय मार्फत नेपालबाट पठाउने सूचना र आधिकारिक पत्रहरु पठाउने पोल्याण्डको इमेल ठेगाना आजको दिनसम्म पनि उहाँको नै उल्लेख छ जुन जो कोही ले पनि हेर्न सक्छन् ।
अध्यक्ष कटुवाल तपाईहरुको पार्टीको नेपालमा सरकार छ कसलाई कन्सुलर बनाउन पहल गर्नुहुन्छ त ? भन्ने प्रश्नमा राजनीतिकमा प्रत्यक्ष संलग्न भएको व्यक्तिले पोल्याण्डका नेपालीको समस्यालाई समाधान गर्न नसक्ने र यहाँको नेपाली समुदायसँग एकाकार हुन कुनैपनि हालतमा सक्दैन त्यसैले स्वतन्त्र छवि भएको व्यक्ति यहाँको कन्सुलर बनोस् भन्ने हाम्रो र विभिन्न सक्रिय संघ संस्थाको माग रहेको छ।
आत्मकेन्द्रित व्यक्तिको रूपमा परिचित सुवेदी श्रीमतीलाई एनआरएन पोल्याण्डले सल्लाहकार नबनाएको भन्दै बर्तमान कार्यसमितिको समानान्तर समितिको रुपमा युवा संयोजक भिम परियारको नेतृत्वमा सुरु गरेका थिए तर परियारलाई संस्थाको हित बिपरित लागेको भन्दै केही दिन अघि समितिले युवा संयोजकबाट बर्खास्त समेत गरेको थियो। एनआरएनए पोल्याण्डको संस्थापकहरुको नाम वेबसाइटबाट हटाएको र सुवेदीले आफ्नो मात्र नाम राखेको भन्दै संस्थापकहरुले प्रेस विज्ञप्ति जारी गर्दै विरोध समेत गरेका थिए।
पोल्याण्डको नेपाली समाजमा विवादस्पद छविका सुवेदीलाई कन्सुलर जस्तो जिम्मेवारी नदिन परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी समेत गराइएको श्रोतले बतायो।