आत्महत्या गरेकी महिलामा कोरोना संक्रमण पुष्टि

0
Shares

जनकपुर । आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी ती महिलाले बुधबार आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाले जनाएको छ ।