कोरोना संक्रमणबाट प्यूठानका एकको मृत्यु

0
Shares

बुटवल । बुटवलको गौतमबुद्ध अस्पतालमा उपचाररत प्यूठानका एक पुरुषको कोरोना संक्रमितको निधन भएको छ ।

जिल्ला अस्पताल प्यूठानका सूचना अधिकारी पुस्कल श्रेष्ठका अनुसार स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।