अर्थतन्त्र ठप्प रहेका बेला लगानीकर्ताको आकर्षण शेयर बजारमा


नेपाल समाचारपत्र, काठमाडौं

कोभिड–१९ बम कारण देशको अर्थतन्त्रमा नकारात्मक असर परिरहेका बेला शेयर बजारमा भने त्यसको प्रभाव देखिएको छैन । बरु लकडाउनका कारण देश ठप्प हुँदा शेयर बजार भने बौरिँदै गएको छ । अहिले शेयर बजार उकालो यात्रामा रहेको छ । जसको परिणाम स्वरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ महिना अघिको स्थितिमा पुगेको छ । अर्थतन्त्रका अन्य गतिविधि ठप्प हुँदा लगानीकर्ता अहिले शेयर बजारतर्फ आकर्षित भएकाले शेयर बजार उच्च लयमा रहेको यस क्षेत्रका जानाकारहरूको भनाइ छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ५८ अंक अर्थात १ दशमलव ७२ प्रतिशतले बढेर ६ महिना यताकै उच्च १५१० दशमलव ५७ बिन्दुमा पुगेको छ । परिसूचकसँगै कारोबार रकमममा पनि उच्च वृद्धि भएको छ । कुल १८६ वटा कम्पनीको ९६ लाख ८६ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपियाँमा किनबेच भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार १२९ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

शेयर मूल्य बढ्ने कम्पनीहरूमध्ये जलविद्युत् कम्पनी अगाडि छन् । प्रतिशतका आधारमा जलविद्युत् कम्पनीहरूको मूल्य धेरै बढेको छ । धितोपत्रको दोस्रो बजारमा जलविद्युत् कम्पनीहरूको शेयर मूल्य अत्यान्तै कम रहेकाले सस्तो शेयरप्रति लगानीकर्ता आकर्षित भएको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ महिना अघिको स्थितिमा पुगेको छ । अर्थतन्त्रका अन्य गतिविधि ठप्प हुँदा लगानीकर्ता अहिले शेयर बजारतर्फ आकर्षित भएकाले शेयर बजार उच्च लयमा रहेको यस क्षेत्रका जानाकारहरूको भनाइ छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ५८ अंक अर्थात १ दशमलव ७२ प्रतिशतले बढेर ६ महिना यताकै उच्च १५१० दशमलव ५७ बिन्दुमा पुगेको छ ।

सधैजस्तै बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार उच्च भएको छ । यस कम्पनीको मात्रै ६७ करोड ४२ लाख रुपियाँको शेयर किनबेच भएको छ । यो अन्य दिनको बराबरको कुल कारोबार नै हो । धितोपत्र बजारमा कारोबार खुलेसँगै नेपाल पुनर्बीमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण उच्च हुने गरेको छ ।

त्यस्तै उच्च कारोबार हुनेमध्ये शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख, नेसनल लाइफ इस्योरेन्सको १६ करोड ५१ लाख, नेपाल लाइफ इस्योरेन्सको १५ करोड ७५ लाख, नेको इन्स्योरेन्सको १४ करोड ६७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १४ करोड ६० लाख रुपियाँको शेयर किनबेच भएको छ। साथै एनआईसी एसिया बैंकको ११ करोड ५२ लाख, शिवम् सिमेन्ट्सको११ करोड ४८ लाख, हिमालयन डिष्टिलरीको पनि १० करोड ४६ लाख रुपियाँको शेयर खरिदबिक्री भएको छ ।

बुधबार पाँचथर पावर कम्पनी, जोशी हाइड्रोपावर, रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, अपि पावर, ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । ती कम्पनीको शेयरमूल्य १०÷१० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनी ९ दशमलव ९८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

अधिकांश कम्पनीको शेयर मूल्य बढेको दिन प्रभु इन्स्योरेन्स, प्रुुडेन्सियल इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, सगरमाथा इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्य भने गिरावट आएको छ ।
यस दिन कारोबारमा आएका १२ समूहमध्ये दुई समूहको मात्रै परिसूचक ओरालो लागेको छ । कारोबार रकम उच्च भएको बीमा समूहको शेयर घटेको छ ।

बुधबार निर्जीवन बीमा समूह १२५ दशमलव ८९ र जीवन बीमा ८८ दशमलव ६८ अंकले घट्दा बैंकिङ समूह १९ दशमलव ७८, व्यापार समूह १५ दशमलव ८४, होटल समूह १ दशमलव शून्य २, विकास बैंक समूह २६ दशमलव ४५, जलविद्युत् समूह ९४दशमलव २२, वित्त समूह ७ दशमलव ७५, उत्पादन समूह ३१ दशमलव ४२, अन्य समूह ३७ दशमलव ११, लघुवित्त समूह १७ दशमलव २८ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ८ अंकले बढेको छ ।