निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् आज भदाै १८ गतेकाे दैनिक राशिफल



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आज नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्ने छ । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ । पारिवारिक जीवनमा मतभेत रहनेछ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ । पारीवारिक सहयोग बढ्ने छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ । सानातिना कामको झमेला आउनसक्छ ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – धार्मिक आस्था बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । आर्थिक समस्या पर्ने छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आत्म–विश्वास बढ्नेछ ,काम गर्दा अपमानित हुनुपर्ला,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत वढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आफनतले सहयोग गर्नेछन् । आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मेलमिलापको भावना राम्रो हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,गुप्त रोगले सताउने छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्