कोरोना परीक्षणको रिपोर्ट नआएसम्म सेल्फ क्वारेन्टिनमा बस्न आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिको आज बसेको भर्चुअल बैठकले पीसीआर टेस्ट गराएका व्यक्तिलाई परीक्षणको रिपोर्ट नआएसम्म बाहिर हिडडुल नगरी घरमै सेल्फ क्वारेन्टीनमा बस्ने ब्यवस्था मिलाउन आग्रह गरेको छ ।

जीवनराम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले समुदायमा कोरोना फैलिन नदिन यस्तो निर्णय गरेको हो । यस्तै, काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीहरु र उपत्यका नगरपालिका फोरमका प्रतिनिधि, स्वास्थ्य परिषद लगायतका पदाधिकारीहरु सँग छलफल गरे पश्चात् स्थलत अनुगमनमा जाने बैठकले जनाएको छ । ।

बैठकको निर्णय : 

१. शिक्षा तथा स्वास्थ्य समितिको मिति २०७७ भाद्र ९ गते बसेको भर्चुअल बैठकबाट कोरोना भाईरस (कोभिड १९) को पि.सि.आर परिक्षण रिपोर्ट यथाशक्य छिटो सम्वन्धीत व्यक्तिलाई उपलव्ध गराउन निर्देशन दिइएकोमा हालसम्म खासै प्रगति नदेखिएकोले संक्रमित व्यक्तिहरुको पहिचान गरी सम्वन्धित व्यक्तिलाई समुदायबाट अलग गरी आईसोलेशनमा राख्ने कार्यलाई व्यवस्थित गर्नु पर्ने हुंदा पि.सिआर टेष्ट गराई सकेपछि परिणाम नआएसम्म हिडडुल नगरी आफ्नै घरमा स्वंयम क्वारेन्टीनमा बस्ने ब्यवस्था मिलाउने ।

२. कोरोना भाईरस (कोभिड १९) को सम्वन्धमा भए गरेका कामहरुको स्थलगत अध्ययन अवलोकन गर्न मिति २०७७।०५।१९ गते कोभिड १९ ल्याब टेष्ट संग सम्वन्धीत पदाधिकारीहरु र उद्योग बाणिज्य तथा आपूर्तिसंग सम्वन्धीत प्रतिनिधि, जनस्वास्थ्यका पदाधिकारीहरु तथा मिति २०७५।०५।२१ गते काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रम्ख जिल्ला अधिकारीहरु र उपत्यका नगरपालिका फोरमका प्रतिनिधिहरु, स्वास्थ्य परिषद लगायतका पदाधिकारीहरु सँग छलफल गरे पश्चात् स्थलत अनुगमनमा जाने ।