उपत्यकामा खुकुलो बनाइयो निषेधाज्ञा : के खुले, के बन्द ? (सूचीसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणमा वृृद्धि भएसँगै उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

यस्तै, आजबाट तीनवटै जिल्लामा निषेधाज्ञा केही हदसम्म खुकुलो बनायएको छ । आजबाट लागू हुनेगरी भक्तपुर, ललितपुर र काठमाडौँ तीनवटै जिल्ला प्रशासन कार्यालयले विभिन्न निर्णय गरेको छ । निर्णय अनुसार उपत्यकामा बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल, छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएका छन् । यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा पुन सञ्चालनमा ल्याइएको छ ।

यस्तै, अत्यावश्यक बाहेक घर बाहिर निस्कन प्रतिबन्ध गरिएको छ । १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेयष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।