बझाङमा एक हप्ताका लागि निषेधाज्ञा जारी

0
Shares

ललित सिंह, बझाङ ।

कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाइ एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ । बुधबार जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा १० जना र बुंगल नगरपालिका सहित केदारस्युँ गाउँपालिकामा पनि स्थानियलाइ कोरोना संक्रमण देखिएपछी यसलाइ रोकथाम तथा नियन्त्रण गर्न जिल्लालाइ एक साता सम्मका लागी बुधबार राति १२ बजे देखी लागु हुने गरी भदौ २५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो ।

उनले भने , क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको पिसिआर रिपोर्ट ढिला आउदा उनिहरु क्वारेन्टाइन स्थलबाट घर गइ सकेका र पछी उनिहरुको पिसिआर रिपोर्ट पोजटिभ आए पछि कन्टाक्ट टे्रसिङ गर्दा कोरोना समुदायमा देखिएको बताउनु भयो । आजको निर्णयले अति आवश्यक काम बाहेक सरकारी कार्यालयको बन्द गर्ने , यातायातका साधन बन्द गर्ने साथै आवतजावत पुर्णरुपमा बन्द गर्ने, निर्णय गरेको छ । यसका साथै जिल्लाका स्थानिय बजारहरु विहान र बेलुका २ घन्टा बाहेक अन्य समय पुर्णरुपमा बन्द गर्ने पनी निर्णय भएको प्रजिअ भण्डारीले जानकारी दिनु भयो ।

बझाङ जिल्लाको सदरमुखकाम चैनपुरमा एक हप्ताका लागि निषेधाज्ञा जारी (तस्वीर -ललित सिंह)

साथै जिल्लाका १२ वटै स्थानियतहमा १ सय वेड सम्मको आइसुलेसन स्थापना गर्ने , साथै जिल्लामा कोरोना समुदायमा फैलिदै गएकाले सुदुरपश्चिम प्रदेश सरकारलाइ ५ हजार भिटियम किटको माग गर्ने पनि निर्णय भएको छ । बझाडमा अहिले १ सय ३५ जना संक्रमित रहेका छन् भने ७ सय ७५ जनाको पिसीआर रिपोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।