सिमा विवादमा भारतको घुर्की : पब्जिसहित ११८ चिनियाँ एप्समा प्रतिबन्ध


एजेन्सी ।

भारतले पुनः चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ । सिमा विवाद चर्किएसँगै भारतले चर्चित चिनियाँ एप (गेम) पब्जीसहित ११८ मोबाइल एप्समा प्रतिबन्ध लगाइएको हो ।

राष्ट्रिय सुरक्षामा खतरा पुगेको भन्दै ११८ चिनियाँ एप्समा प्रतिबनध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस अघि भारतले विश्वभर चर्चित चिनियाँ मोबाइल एप टिकटकसहित ५९ वटा एप्समा प्रतिबन्धित लगाएको थियो ।

भात चीनबीच लद्दाख सीमाक्षेत्रमा जारी तनावका कारण भारतीय गृह मन्त्रालयले बुधबार चीन, नेपाल र भूटानसँगको सिमामा तैनाथ सुरक्षाबललाई सतर्क रहन निर्देशन दिएको छ । भारतीये सीमामा तैनाथ आइटीबिपीले चिनियाँ सैनिकको गतिविधिमा निगरानी बढाएको छ ।

४ दिनअघि लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएपछि भारतले सुरक्षा सर्तकता बढाएको हो । झडपका क्रममा १ भारतीय सुरक्षाकर्मी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीनले आफ्नो सिमा क्षेत्र मिचेको भारतले आरोप लगाएको छ ।