प्याकेजिङ्का खाद्य बस्तुमा पाइलैपिच्छे समस्या, नियमित अनुगमन गर्छौ :  अर्याल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्याकेटमा पाइने खाद्यबस्तुको गुणस्तरमा पाइलैपिच्छे समस्या देखिएका छन् । उत्पादन मिति, उपभोग्य मिति, कम्पनी मूल्य र अधिकतम् उपभोक्ता मूल्य, ढुवानी, भण्डारणमा धेरै समस्या देखिएको छ । यसै गरी म्याद सकिन लागेका सामान नष्ट नगरी रिप्याकेजिङ् गर्ने, अनधिकृत ट्याग राख्नेजस्ता व्यापारिक क्रियाकलाप देखिएका छन् । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

खाद्यबस्तुको बजारीकरणमा समस्या देखियो । महामारीको मौका छोपेर कतिपय व्यापारीले गलत काम गर्न थालेको हामीले बुझेका छौं । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भन्नुहुन्छ -,’ सबै क्षेत्र मिलेर कोरोनाका विरुद्ध लडौं भन्ने हाम्रो आग्रह हो । यसबेला व्यापारीले बजारलाई सहज र सरल बनाउनु पर्छ । यो उहाँहरुको दायित्व हो । यदि कसैले अवस्थाको फाइदा उठाउँछु भनेर सोचेको छ भने हामी कानूनी कारवाहीको प्रक्रियामा जान्छौं । तर, काठमाडौंको अवस्था बिग्रन दिँदैनौं । हामी हरेक दिन बजार अनुगमनमा छौं । यसलाई निरन्तरता दिन्छौं । ‘

अचार, दाल, भुजिया, गेडागुडी र प्याकेजिङ् खानेकुरा बिक्री गर्ने बालाजु चोक नजिकै रहेको गोपीकृष्ण खाद्य उद्योगका सामानमा समस्यै समस्या थियो । कति सामानहरु म्याद गुज्रिएका थिए । अरुका ब्राण्डका सामानमा आफ्नो ट्याग लगाइएको पनि भेटियो । म्याद सकिएका सामानहरु पुनः प्याकेजिङ् गर्ने तयारी थियो । पानी पुरी, फोँपी (फुराएर खाने) जस्ता सामान ढुसी आएको, ओस र भर्‍याङ्मुनि राखिएको थियो ।

यसरी सामान बेच्नु गलत नै हो । गल्ती स्वीकार गर्दै सञ्चालक गोपिना पराजुली भन्दै हुनुहुन्थ्यो -‘ अन्यत्रबाट आएका सामानको म्याद ख्याल गर्न नसक्दा यो दिन आयो । ‘

आज बालाजु औद्योगिक क्षेत्रमा पुग्दा जय गणेश फुड्सको ट्याग उत्पादित चोकर, आँटा र मैदा खाली भुइँमा भण्डारण गरेको पाइयो । उत्पादक काठमाडौं मैदा मिल र बजार प्रबन्धक/वितरक जय गणेश फुड्स लेखिएको बोरामा वितरकको ट््याग राख्नु गैर कानुनी हो । उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव मिमिल्सेना भन्नुहुन्छ -‘ काठमाडौंभित्रै यस्तो छ । अन्त के होला?

सटरमा सूचना भित्र बासी खाना बालाजु औद्योगिक क्षेत्रको ठीक अगाडि न्यु गुप्ता भोजनालय छ । त्यसको आधा खुलेको सटर भित्र मानिसहरु खासखुस गर्दै थिए । अनुगमन टोली भित्र छिरेपछि, त्यहाँ राखिएका सबै खानेकुरा बासी भएको थाहा भयो । पसलमा समोसा, लालमोहन, रसवरी, चमचम, खुर्मा, बर्फीलगायत मिठाइ थिए । ती सामान राखिएको भाँडामा मच्छड, साना कीराहरु र साङ्लाका बच्चा डुवेका थिए । बेच्न राखिएका यी सामानसँग चामल, दाल, तरकारीसँगै राखिएको थियो । बन्द गरिएका डिफ्रिजमा तरकारी, दूध, पानी एकै ठाउँ थियो ।

अनुगमनमा क्रममा ५० पिस समोसा, ८ के. जी. को लालमोहनसहितका मिठाइ नष्ट गरिएको थियो । अनुगमनका क्रममा बालाजु चोकमा रहेका मासु पसलको अवस्था पनि निरीक्षण गरिएको थियो ।