फ्रान्सको चार्ली हेब्डो काण्डको मुद्दा शुरु


पेरिस,(एजेन्सी) ।

पाँच वर्ष अघि फ्रान्सको राजधानी पेरिस स्थित व्यँग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको भयानक आक्रमणलाई लिएर चौंध जना व्यक्तिमाथि मुद्धा चल्ने भएको छ । बुधवार देखि पेरिसमै शुरुहुने सो मुद्धाको क्रममा एघारजना आरोपित अदालतमा उपस्थित हुने तीनजना विरुद्ध भने बिना उपस्थिती मुद्धा कारावाही अघि बढाइने न्यायिक सुत्रले जनाएको छ ।

तिनीहरु माथि सन् २०१५ को जनवरीमा चाली हेब्डोको कार्यालय भित्र र बाहिर १२ जना व्यक्तिको ज्यान जानेगरी आक्रमण गर्ने इस्लामिक लडाकुहरुलाइृ सघाएको आरोप लगाइएको छ । तेश्रो बन्दुकधारीले त्यतिवेला एकजना महिला प्रहरीअधिकारीको गोली हानी हत्या गर्नुका साथै नजिकको एउटा यहुदी सुपर मार्केटमा पनि आक्रमण गरेका थिए ।

त्यसबेला भएको प्रतिशोधात्मक आक्रमणमा तीन दिन भित्र सत्र जनाले ज्यान गुमाउनु परेको थियो । सो घटना यता फन्समा भएका अन्य जिहादी आक्रमणमा अहिले सम्म २ सय ५० जना भन्दा बढीको ज्यान गइसकेको छ । उक्त घटनाका विरोधमा फ्रान्स र विश्वभरि ‘ जे सुइस चार्ली अर्थात म चार्ली हुँ ’ भन्ने नारा सहित आयोजित विरोध ¥यालीहरमा लाखौ व्यक्तिको सहभागिता रहेको थियो ।