कोरोना महामारीमै भारतका क्याम्पसमा परीक्षा सुरु


नयाँदिल्ली,(एजेन्सी) ।

लाखौं बिद्यार्थीको भविष्य निर्धारण गर्ने भारतकै सबैभन्दा प्रतिस्पर्धि कलेज परिक्षा मध्ये एक मानिएको परिक्ष कोभिड १९ को कारण सिर्जिएको सन्त्रास र विरोधलाई वेवास्ता गर्दै मंगलवार देखि संचालन गरिएको छ ।

हप्तौंदेखि बिद्यार्थीहरुले परिक्षा पर सार्नका लागि अभियान चलाउँदै आएका थिए । सामाजिक संजाल मार्फत सो परिक्षा रोक्न थुप्रै अपिल भएको थियो । साथै केहि बिद्याथीले आफ्ना गुनासो अदालत सम्म पुर्‍याएका थिए ।

तर परिक्षा संचालन गर्ने राष्ट्रिय परिक्षा निकाय ( एनटिए ) ले भने परिक्षाको तिथी सार्न अस्विकार गरेको हो । यसैगरी सर्वोच्च अदालतले पनि ‘ अन्तत जीवन चल्नै पर्ने र बिद्यार्थीहरुको करियरलाई लामो समय सम्म जोखिममा पार्न तथा शैक्षिक वर्ष नै खेर फाल्न नसकिने ’ भन्दै बिद्यार्थीहरुको अपिल रद्ध गरेको थियो ।

भारतमा अहिले सम्म ३६ लाख भन्दा बढि व्यक्ति कोरोना भाइरस संक्रमित भइसकेका छन् । पछिल्ला दिनमा प्रत्येक दिन भारतमा विश्वको तुलनामा सबैभन्दा बढि संक्रमित देखिने गरेका छन् । संयुक्त प्रवेश परिक्षा ( जेइइ ) ले इन्जििनियरिंग कलेजमा भर्नाका लागि शुरु गरेको यो परिक्षा ६ सेप्टेम्वर सम्म चल्ने छ । भारतभरिका ६ सय ६० वटा परिक्ष केन्द«मा ८ लाख ५० हजार भन्दा बढि यस परिक्षामा सरिक रहेका छन् ।