कोरोनाबाट वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण वीर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

सर्लाहीका १७ वर्षीय युवकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको ट्राभल हिस्ट्री अनुसार कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा ती युवक कोरोना पोजिटिभ भएको देखिएको छ ।

शव व्यवस्थापनका लागि सीसीएमसीलाई बोलाइएको छ ।