हिरासतमा यातना दिने प्रहरी अधिकारीलाई कारबाहीको माग राख्दै बिशेन्द्र पासबान बसे अनशन

0
Shares

सञ्जय कार्की, रौतहट ।

प्रहरी हिरासतमा एक दलित युबकको निधन भएपछि गरुडा बजार क्षेत्रमा आन्दोलन, धर्ना र अनसन निरन्तर भैरहेको छ । हिरासतमा मृत्यु भएका गरुडा नगरपालिका–५ जिगडिया निबासी बीजय महरा लाई यातना दिने प्रहरी अधिकारी माथि कारबाहीको माग राख्दै पुर्बमंन्त्रि बिशेन्द्र पासबान दुई दिन देखि आमरण अनसन बस्नु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडा अगाडी पुर्बमंन्त्रि पासवान आमरण अनसनमा बस्नु भएको हो ।

गएको साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको घाटी रेटी हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएका बिजय महरा लाई चरम यातना दिएर मारेको भन्दै पुर्बमंन्त्रि बिशेन्द्र पासवान सहित दलित समुदाय र स्थानीयबासिन्दा आन्दोलित हुदै आएका छन । महराको निधन भएपछि दलित समुदायले निरञ्जन राम र बिजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहट गठन गरेर दैनिक आन्दोलन गर्दै आएका छन । संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै बिजय महराको हत्यामा संलग्न प्रहरी अधिकारी माथि कारबाही हुनु पर्ने माघ अघि सारेका छन ।

महराको निधन गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नबिन सिह प्रदेशनम्बर २ प्रहरी कार्यालयले हबल्द्धारद्धय फिरोज मिया धुनिया, र मुन्ना सिह लाई निलम्बन गरिसकेको छ ।

मृतक महराका बुवा पनिलाल महराले तत्कालिन प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, प्रहरी निरिक्षक नबिन सिह, प्रहरी नायब निरिक्षक बिरेन्द्र यादब, प्रहरी हवल्दारद्धय फिरोज मिया धुनिया, र मुन्ना सिह बिरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा दिएको यातना र ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता गर्न ईन्कार गरेको संघर्ष समितिका संयोजक सोनेलाल रामले बताउनु भयो । उहाले प्रहरीले निरञ्जन रामको हत्या पछि निर्दोष ब्यक्ति लाई पक्राउ गरेर कर्तब्य ज्यान मुध्दा चलाएकोले अबिलम्ब रिहाईको माग गर्नु भएको छ । उहाका अनुसार नीरञ्जन रामको हत्या आरोपमा प्रहरीले निर्दोष रहेका सिकेन्द्र पासवान, अजय राम, बिबेक राय यादब र अर्जुन राम लाई मुध्दा चलाएको भन्दै उनीहरुको रिहाईको माग गर्नु भएको हो ।

संघर्ष समितिले मृतक निरञ्जन राम र बिजय महरा लाई शहिद घोषणा गर्नु पर्ने, नीरञ्जन रामको हत्याका योजनाकार लखन साह र राजगीर साह लाई तत्काल पक्राउ गर्नु पर्ने, निरञ्जन राम र बिजय महरा हत्याकाण्ड लाई छानबिन गर्न मानबअधिकार आयोग र दलित आयोग सम्मिलित संसदिय उच्च स्तरीय छानबिन समिति गठन गर्नु पर्ने, मृतक नीरञ्जन राम र बिजय महराको शालिक निर्माण गर्नुपर्ने लगायतको माग राख्दै भोलि देखि थप संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन ।

सार्बजनिक गरिएका कार्यक्रममा कालोपटी बाध्ने, जुलुस प्रर्दशन गर्ने देखि जिल्ला प्रशासन कार्यालय घेराउ र मुख्यमंन्त्रिको कार्यालय समेत घेराउको कार्यक्रम राखेका छन ।