बुटवको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षीय संक्रमित महिलाको मृत्यु


यमलाल भुसाल, बुटवल ।
कपिलवस्तुकी कोरोना संक्रमित ६० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ ।

कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भदौ ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिईन् ।

उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको थियो । उपचाररत महिलाको बिहान सवा ९ वजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताउनु भयो ।

मृतक महिलामा पहिले देखिनै श्वासप्रश्वास र ब्लड प्रेसरको रोग रहेको अस्पतालले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।