ईक्यानका पूर्व अध्यक्ष रेग्मीको अभिब्यक्तिप्रति नेकाको गंभीर आपक्ति


पुष्कर बुढाथोकी, भक्तपुर ।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का पुर्व अध्यक्ष बुद्धिप्रसाद रेग्मीको अभिब्यक्तिलाई लिएर गंभीर आपत्ती जनाएको छ ।नेकाले ध्यानाकर्षणपत्र सार्वजनिक गर्दै नेकाको साख र गरिमामा आँच पुर्याउने ,छवि धुमिल गर्ने गरी तथा दुई संस्थाबीचको सम्बन्मै खलल पुग्ने गरी आएको उक्त भनाईको घोर भत्र्सना गरेको छ ।

गत शुक्रबार नेपाल शैक्षिक परामर्श संघले आयोजना गरेको भर्चुअल फोरममा र आफ्नै फेसबुकमा पूर्व अध्यक्ष, बुद्धि प्रसाद रेग्मीको अभिब्यक्तिमा आपत्ति जनाउँदै नेकाले भनेको छ,‘हाम्रो संस्थाको साख, गरिमामा आँच पुर्याउने,छवि धूमिल गर्ने तथा अन्तरसंस्था बीचको सम्बन्धमै सुदुर भविष्यसम्म खलल पुर्याउने सो भनाइको हामी घोर भत्सना गर्दछौं।’

संघका एक पूर्व अध्यक्षको अमर्यादित भनाइप्रति अनौपचारिक रुपमा संघका जिम्मेवार पदाधिकारी समक्ष छलफल पश्चात संघका अध्यक्षले अन्तिम दिनको भर्चुअल सेसनमै कार्यक्रमको दौरान अभिव्यक्त धारणाहरु संस्थाको आधिकारिक धारणा नभई निजको व्यक्तिगत धारणा भएको भनिएको भएतापनि रेग्मीको सो भनाइलाई संस्थाको र निजको समेत सामाजिक सञ्जालबाट नहटाउनु, कुनै कारवाही नगर्नु कतै अराजकता, अशिष्टतालाई पृष्ठ पोषण गर्नु त हैन भन्ने गम्भीर आशंका उत्पन्न भएको नेकाले जनाएको छ ।

नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले अभिव्यक्ति स्वतन्त्रताको मर्यादा विपरीत बोलिएको सो अभिव्यक्तिका लागि निजले आत्मालोचना सहित माफी माग्नुपर्ने तथा संघले त्यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गर्नुभयो ।कोरोना कहरका कारण चौतर्फी असर परिरहेको, व्यवसायिक चुनौतीहरू थपिएको यस गम्भीर परिस्थितिमा यस्तो अप्रासंगिक, भ्रामक, घृणित भनाई प्रति तत्काल आत्मालोचना सहित माफी माग्नुपर्ने नेकाको ठहर छ ।

संघले त्यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्नुपर्ने अन्यथा संस्थाको गरिमा र मर्यादालाई अक्षुण राख्न कठोर निर्णय लिन बाध्य हुने नेकाले जनाएको छ ।रेग्मीले नेकाका संस्थापकहरुलाई चोर भनी आरोप लगाएका थिए ।

रेग्मीको अभिब्यक्तिलाई लिएर कन्सलटेन्सी क्षेत्रमा बहस र चर्को बिरोध भए पछि तथा यसमा आपत्ती जनाउँदै नेकाले कारवाही माग गरेपछि राष्ट्रिय शैक्षिक परामर्श संघले यस बिवादमा नजोड्न आग्रह गरेको छ ।बार्षिकोत्सवको अवसरमा पुर्व अध्यक्षको हैसियतमा बोलाईएका रेग्मीले बोलेका कुरा उहाँको ब्यक्तिगत बिचार भएकाले यसलाई संस्थागत रुपमा हेर्न नहुने ईक्यानको भनाई छ ।

ईक्यानका उपाध्यक्ष शेषराज भट्राईले बार्षिकोत्सव समापनका क्र्रममा ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले रेग्मीका बिचार ब्यक्तिगत भएकाले त्यही अनुसार बुझ्न भनिसकेकाले यसमा ईक्यानलाई नजोड्न आग्रह गर्नुभयो ।

तर नेकाले भने ईक्यानको आधिकारीक फेसबुक पेज ,ब्यक्तिगत पेज तथा आईडीबाट रेग्मीले बोलेको भिडीयो हटाउन माग गरेको छ । आफ्नै संस्थाको आयोजनामा आफ्नै अध्यक्ष,परिषदका सदस्य र पूर्व अध्यक्षलाई बिबादास्पद अभिव्यक्ति दिन लगाएर अहिले व्यक्तिले बोलेको कुराको जिम्मेवारी संघले लिंदैन भन्ने तर्क दिनु कपटपूर्ण र हास्यास्पद रहेको नेकाको भनाई छ ।