सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले गिरावट


काठमाडौं । सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार ९ सय रूपियाँमा काराेकार भएको थियाे ।  आज तेजावी सुनकाे मूल्य ९६ हजार ७ सयमा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ९५ मा काराेबार भएकाे थियाे भने अाज चाँदीकाे मूल्य १ हजार  ३ सय ६५ रूपियाँमा काराेबार भइरहेकाे छ ।