बैंकमा लाग्यो दिनभर लाइन


हेटौंडा, (नेस)
दुई साताभन्दा बढीको निषेधाज्ञालगत्तै मंगलबारबाट विहान सबै व्यवसाय र दिउँसो बैंक खुला गर्ने निर्णयपछि हेटौंडाका बैंकमा दिनभर सेवाग्राहीको लाइन लाग्न पुगेको छ ।
कोभिड–१९ विपद् व्यबस्थापनको सोमबार बसेको बैठकले विहान १० बजेबाट ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न निर्णय गरेको थियो । तर, दुई साताभन्दा लामो निषेधाज्ञापछि खुलेका बैंकमा सेवाग्राहीको भीड भयो भने तोकिएको समय तीन बजिसक्दा पनि सेवाग्राहीको लाइन भने घटेको थिएन ।
चिनेजानेकाले पालो मिचेर पनि काम गरिरहेको भए पनि टाढाबाट आउनेलाई समस्या रहेको सेवाग्राहीको भनाइ छ । बैंक नखुल्दै गेटमा लाइन बसेको बेला देखिएको भीड ३ बज्दा पनि उस्तै थियो । एउटै भवनमा रहेका बैंक भने एउटा खुल्दा अरु बन्द गर्नुपर्ने निर्णय पनि पालना भएन ।