जागिर बैंकमा मन संगीतमा


पेसाले बैंकका जागिरे बद्री श्रेष्ठ गीत–संगीतमा क्षेत्रमा उत्तिकै क्रियाशील छन्।
२०५१ सालमा साविक बैरेनी–६ पााल्चोक हाल गल्छी–५ पाल्चोकमा जन्मिएका बद्री ८ वर्षदेखि मुक्तिनाथ विकास बैंका विभिन्न शाखामा काम गर्दै आएका छन्। बैंको जागिरले उनलाई खासै फुर्सद दिँदैन। तर, व्यस्त जागिरे जीवनबाट निस्केको केही समय उनी संगीत क्षेत्रमै खर्चिन्छन्। सानैदेखि गीत–संगीत भनेपछि मरिहत्ते गर्ने उनी आर्थिक र भौगोलिक हिसाबले पछि परेको आफ्नो क्षेत्रमा चाडपर्व, स्थानीय कार्यक्रम र भोज–भतेरमा गीत गाउन अगाडि सरिहाल्थे। यस्ता औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा गीत गाएर आत्मसन्तुष्टि हासिल गर्दै आएका उनले हालसम्म २ गीत बजारमा ल्याएका छन्। विभिन्न विधाका गीत गाउन सिपालु उनी विशेष गरी लाइभ दोहोरीमा सक्रिय रूपले लाग्ने योजना सुनाउँछन्।