कोरोना संक्रमणबाट एकैदिन थप ११ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणबाट एकैदिन थप ११ जनाको मृत्यु भएको छ ।

यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना मुक्त हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

यस्तै, छिल्लो विवरण अनुसार अहिलेसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ।