तेह्रौं पुस्तकालय दिवसको अवसरमा भर्चुअल कार्यक्रम सम्पन्न


नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरवीक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।

तेह्रौं पुस्तकालय दिवस मनाउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. संजय शर्माज्यूको अध्यक्षतामा पुस्तकालय संग सम्बद्ध सवै सरोकारवालाहरूको सहभागितामा मूल समारोह समिति र मूल समारोह समितिलाई सहयोग गर्न विभिन्न उपसमितिहरू गठन गरिएका थिए।

कोभिड-१९ को विषम परस्थितिमा पनि मिति २०७७ भाद्र १५ गते माननीय शिक्षा, विज्ञान तथा प्रविध मन्त्री श्री गिरराजमणि पोखरेलज्यूको समुपस्थिति तथा सचिव तथा मूल समारोह समितिका अध्यक्ष डा. संजय शर्माज्यूको अध्यक्षतामा भर्चुअल समापन समारोहको आयोजना गरियो।कार्यक्रमको सञ्चालन मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव, तथा सदस्य सचिव तेह्रौं पुस्तकालय दिवस मूल आयोजक समितिले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन गर्नक लागि प्राविधिक सहयोग नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क र विशेष गरी कार्यक्रम अधिकृत श्री निराजन पराजुलीले गर्नु भएको थियो ।

प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यूले पुस्तकालय दिवसका माध्यमबाट नेपालमा पुस्तकालयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको कुरा ब्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माण सम्बन्धी काम छिटै हुने आशा पनि व्यक्त गर्नु भयो । सार्वजनिक तथा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीनवटै तहका सरकारको भूमिका रहने भएपनि स्थानीय तहको सवभन्दा महत्वपूर्ण भूमिकार रहन्छ भन्नुभयो । राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना तथा पुस्तकालय स्वचालीकरण योजना चाडै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सो अवसरमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले समग्र पुस्तकालय र पुस्तकालयकर्मीका तर्फबाट कोभिड १९ को चुनौतिका विच आयोजना भएको दिवसमा प्रविधिका कारणले संसार भर बाट जोडिन सकेकोमा यो अभूतपूर्व अवसर हो भन्नु भयो। सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नु पर्छ र आवश्यक कानूनहरू पनि निर्माण गरिदिनु पर्छ भन्नु भयो । गैरसरकारी संस्थाहरूले पनि नेपालको पुस्तकालय दिवसका अवसरमा दिएको योगदानको स्मरण गर्नु भयो। नेपाल राष्ट्रिय पुस्तकायको भवन निर्माण स्थगन गर्ने काम सरकारबाटै भएकोमा निर्णय सच्याइयोस भन्नुभयो ।

सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय संघका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ तथा नेपालको प्रदेश नंवर एकको झापा जिल्लाको धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयलाईवर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरियो । सो अवसरमा नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं। १० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कडेललार्इ प्रशंसापत्रबाट सम्मानित गरियो ।

सो अवसरमा दि एशिया फाउण्डेसनबाट विभिन्न पुस्तकालयहरूलार्इ पनि पुस्तक हस्तान्तरण गर्ने घोषणा गरिएको थियो ।
सो अवसरमा पुर्वमन्त्री गणेश शाहज्यूले पुस्तकालय दिवसको अवसरमा मन्तब्य व्यक्त गर्नु भएको थियो। पुस्तकालय अभियानलार्इ राष्ट्रिय पुस्तकालयका लागि राष्ट्रिय अभियान सञ्चालन गरौं प्रदेशस्तरका सरकारलाई प्रदेश पुस्तकालय र स्थानीय तहलार्इ स्थानीय पुस्तकालयको विकास गरौं भन्नुभयो ।

सो अवसरमा तेह्रौं पुस्तकालय दिवसका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो ।
समारोहमा उपस्थित पाहुनहरूलार्इ मूल समारोह समितिका उपाध्यक्ष तथा मन्त्रालयका प्रवक्ता दीपक शर्माले गर्नु भएको थियो ।

मन्त्रालयका सचिव डा। सञ्जय शर्माले पुस्तकालय दिवसमा संलग्न सवैलाइ धन्यबाद दिनु भयो । पुस्तक चिताइ तहवील नामक पुस्तकालय स्थापना गर्नका लागि लालमोहर जारी गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप वि।सं। २०६५ सालदेखि हरेक वर्ष नेपालमा पुस्तकालय दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउन थालिएको, यसबाट नेपालमा पठन संस्कृतिको विकास र विस्तारमा आएको सकारात्मक परिवर्तनले पुस्तकालयको आवश्यकता र महत्व अझ बढाएको छ भन्नुभयो ।

साथै सामुदायिक र सार्वजनिक पुस्तकालयहरुलाई सरकारले हरेक स्थानीय निकायमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्दै लैजाने नीति लिएको छ । यस वर्षको पुस्तकालय दिवसको आर्दश वाक्य समाज रुपान्तरणका लागि पुस्तकालयले पनि यसै तथ्यतर्फ संकेत गरेको र कोभिड १९ का कारण शैक्षणिक संस्था बन्द भएको कारण विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरु घरमै बसिरहनु परेको यो विषम परिस्थितिमा पुस्तकालयमा भएका महत्वपूर्ण पठन सामग्रीहरुलाई विद्युतीय वा भर्चुअल पुस्तकालयका रुपमा परिर्वन गरेर प्रभावकारी सेवा प्रदान गर्नु अतिआवश्यक भइसकेको कुरा वताउनु भयो ।