विजयराम मृत्यु प्रकरण : प्रहरी निरिक्षकसहित तीन निलम्बन

0
Shares

सञ्जय कार्की, रौतहट ।

प्रहरी हिरासतमा यातना दिएर मृत्युबरण हुन बाध्य पार्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सहित तीन जना प्रहरी हबल्दार निलम्बनमा परेका छन ।

गृहमन्त्रालयको सचिब स्तरीय निर्णय बाट प्रहरी निरिक्षक नबिन सिह र प्रदेश नम्बर २ प्रहरी कार्यालय बाट हबल्दारद्धय फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह लाई निलम्बन गरेको छ । गएको साउन ३१ गते गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया स्थित सच फलफुल नर्सरी बागबानी फर्ममा कार्यरत सोही स्थान निबासी २० वर्षिय निरन्जन रामको घाटी काटेर हत्या भएपछि प्रहरीले बिजय महरा सहित ७ जना लाई पक्राउ गरेपछि ती तीनै जनाले महरालाई निर्मम यातना दिएको खुल्न आएको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाको पछाडी रहेको महिला तथा बालबालिका सेबा केन्द्रमा साउन २ र ३ गते महरा लाई लगेर ती तीनै जना प्रहरी अधिकारीले निर्मम यातना दिएको भिडियो बाहिरिएको थियो । ईलाका प्रहरी कार्यालयको थुनुवाकक्ष बाट जिल्ला प्रहरी कार्यालय गौरका अर्का हबल्दार अजय यादबले समेत महरा लाई बुझेर लगेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले प्रहरी निरिक्षक सहित तीन जना लाई निलम्बन गरिएको बताउनु भयो ।

प्रहरी निरिक्षक सिंहलाई प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय ९४० बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णय बाट निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधामले ६ महिनाको लागि निलम्बन गरिएको जनाइएको छ । यस अघिनै ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो लाई प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरधाममा काज खटाइएको थियो ।

यातनाबाट चिन्ताजनक अबस्थामा पुगेका महराको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारको क्रममा गत साउन ३१ गते मृत्यु भएपछि दलित समुदाय र स्थानीयबासिन्दा दैनिक आन्दोलित हुदै आएका छन । निधन हुनु अघि बिजय महराले भिडियो मार्फत आफुलाई सादा पोशाकमा आएका प्रहरीले करेन्ट, पाईप, बासको लौरो, बुटले कुटेर यातना दिएको बताएका थिए । राम हत्याकाण्डमा प्रहरीले बिजय महरा सहित ७ जना लाई पक्राउ गरेपनि दोषि उम्काउन निर्दोष फसाउन लागेको भन्दै दलित अधिकारकर्मी सहितका सामाजिक अभियन्ताहरु आन्दोलित हुदै आएका थिए । यसैबीच तीनै निर्दोष भनिएका बिजय महरा लाई हत्या स्वीकार गराउन चरम यातना दिएको परिबारजनले बताएका छन ।