कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।

चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित ७० वर्षीय चालिसे केही दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनलाई कोरोना भएको पत्ता लागेको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।