केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

उपचारका क्रममा मृत्यु भएका केन्द्रीय कारागारका तीन कैदीमध्ये एक जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

मेगा अस्पतालमा मृत्यु भएका एक ४० वर्षिय कैदीमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । मृतक अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट भने आउन बाँकी नै छ ।

यस अघि केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।