ज्योति लाइफ इन्स्योरेन्सको बोनस दर निर्धारण


काठमाडौं, (नेस) ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकन बारे कम्पनीको बिमांकबाट तयार गरिएका बिमांकीय प्रतिवेदन श्री बीमा समितिबाट मिति २०७७÷०५÷१२ मा स्वीकृत भई २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमा लेखहरूमा दिने बोनस दर प्रतिहजार न्यूनतम रुपियाँ ४३ देखि ७५ रुपियाँसम्म घोषणा गरेको छ।

सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपियाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपियाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपियाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपियाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपियाँ बोनस दर तोकेको छ भने सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपियाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपियाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपियाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपियाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपियाँ बोनस दर तोकेको छ। त्यस्तै, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपियाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपियाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपियाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ।