इन्द्रजात्रामा सानिमा बैंकको क्युआर कोड यात्रा


काठमाडौं, (नेस)
इन्द्रजात्राको अवसरमा सानिमा बैंकले इन्द्रजात्रा क्युआर कोडको यात्रा योजना ल्याएको छ। यस योजनाअन्तर्गत बैंकका संस्थागत व्यावसायिक खाता वाहकले इन्द्रजात्राको दिन डिजिटल भुक्तानीको सरल, सुरक्षित माध्यम क्युआर कोडका लागि आवेदन दिँदा ५ सय रुपियाँ बराबरको मोबाइल टपअप उपहारस्वरूप प्राप्त गर्न सक्नेछन्।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकले घरैबाट रजिस्ट्रेसन गर्न सक्नेछन्।
यसैगरी, बैंकमा खाता नहुनेहरूले आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोले क्युआर मर्चेन्ट बन्नका लागि निवेदन पेस गर्नुपर्नेछ। यसरी सहभागी भएका क्युआर मर्चेन्टले बैंकको तर्फबाट ५ सयको मोबाइल टपअप प्राप्त गर्नेछन्। यो योजना भदौ १६ गते इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाका लागि मात्र लागू हुनेछ।