नेप्सेमा २२ अंकको सुधार


काठमाडौं , (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २२ दशमलव ३३ अंकले सुधार भएको छ। नेप्से झन्डै १ हजार ५ सय को विन्दु नजिक पुग्न लागेको छ। कुल २२ दशमलव ३३ विन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४ दशमलव ९९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २ दशमलव शून्य ५ ले वृद्धि भई २९८ दशमलव ३५ मा पुगेको छ। कुल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कुल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ। होटल उपसमूह शून्य दशमलव ७७ विन्दुले घट्दा बैंकिङ ४ दशमलव ९५, व्यापार १८ दशमलव शून्य ५, विकास बैंक १ दशमलव ५, जलविद्युत् ३३ दशमलव ६१, वित्त १ दशमलव १, निर्जीवन बीमा २३३ दशमलव ७, उत्पादन ८८ दशमलव ७१, अन्य ३७ दशमलव ४, लघुवित्त ८ दशमलव ५८, जीवन बीमा २६० दशमलव ३३ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ८ ले वृद्धि भएको छ।
कारोबारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २८ करोड ७४ लाख ५७ हजार २ सय २८ रुपियाँ बराबरको कारोबार भएको छ। यस्तै, नेको इन्स्योरेन्स १७ करोड ७८ लाख १९ हजार ७ सय ४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १६ करोड ८१ लाख १३ हजार ३ सय १७, शिवम् सिमेन्ट १५ करोड ७१ लाख ७६ हजार ७ सय ५९, हिमालयन डिस्टिलरी १५ करोड ३२ लाख ३४ हजार ४ सय २६ र सूर्या लाइफ इन्स्योरेन्स १२ करोड ८७ लाख ४ हजार ६ सय ४८ रुपियाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन्।
स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९ दशमलव ९४, एनआरएन इन्फ्रास्टकचर ९दशमलव ९४, सिनर्जी पावर कम्पनी ९ दशमलव ६५, अरुण काबेली पावर ९ दशमलव ४५, रैराङ हाइड्रोपावर ९दशमलव २८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव २४ प्रतिशतले कमाएका छन्।
यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७ दशमलव २९, घोडीघोडा लघुवित्त ४ दशमलव ५८, ओरियन्टल होटल लिमिटेड ३ दशमलव ७२, मितेरी डेभलपमेन्ट बैंक २ दशमलव ६२, गुह्येश्वरी मर्चेन्ट बैंक २ दशमलव ३८ र सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव ३८ प्रतिशतले गुमाएका छन्।